बाँदर आतङ्क नियन्त्रणका लागि जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

यस स्टोरीको अंश: सांसद राईको माग: बाँदर आतङ्क नियन्त्रणका लागि जनतालाई हतियार देऊ
www.makalukhabar.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाँदर आतङ्कका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको र कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा जीविकोपार्जनमा संकट आएको बताए । सांसद राईले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानूनी प्रक्रिया पुर्याएर हतियार उपलब्ध गराउने विषयमा समेत छलफल हुनुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू