पर्यटन विधेयकमाथि संसदमा छलफल सुरु, पर्यटन क्षेत्र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको सांसदहरुको दाबी
▸ यस स्टोरीको अंश: पर्यटन विधेयकमाथि संसदमा छलफल, सांसदहरुले फोहोर व्यवस्थापन र बजारीकरणमा जोड दिए
प्रतिनिधि सभाको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । विधेयकमाथिको सामान्य छलफलमा बोल्दै सांसदहरूले नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको र यस क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन् । सांसदहरूले हिमाल आरोहणसँगै बढ्दो फोहोर व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै जलवायु संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›