राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठ २८ र २९ मा बस्ने
▸ यस स्टोरीको अंश: राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठ २८-२९ मा बस्ने, महाधिवेशनको तयारी तीव्रराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक यही जेठ २८ र २९ मा बस्ने भएको छ । केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जेठ २८ र २९ गते काठमाडौंमा बस्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ जानकारी दिए । यस्तै राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने निर्णय पनि गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›