राजधानी काठमाण्डुमा ५०० दरका नक्कली नोट बरामद, १ जना पक्राउ
▸ यस स्टोरीको अंश: ललितपुरबाट नक्कली ५ सय दरका नोटसहित सुरज राई पक्राउ
ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरिरहेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्कनजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय लगनखेलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सिराहाको लहान नगरपालिका–१५ घर भई काठमाण्डु महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई १६ थान नक्कली नोटसहित पक्राउ परेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›