डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पुग्यो फोरजीसेवा
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रीको निर्देशन: दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता
नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित