प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूद्वारा विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । सांसदहरूले दोलखामा पर्यटकीय गतिविधि कम भएको, सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि सहज उपचार पद्धति विकास गरिनुपर्ने, काभ्रे क्षेत्र नं १ का सडक बाटोहरू कालोपत्र हुन नसकेको विषयमा ध्यानाकर्षण गराए । वीरगञ्ज सहर राज्यलाई कर दिन अगाडि रहे पनि विकास निर्माणका पछि परेकाले त्यहाँको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकासमा ध्यान दिन माग गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›