प्रतिनिधिसभा बैठक : श्रम संस्कृति पार्टीको विरोध कायमै

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले सांसद हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार
gorkhapatraonline.com · 1 दिन अघि

प्रतिनिधिसभा बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहोर्‍याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताउनुभयो । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरेपछि सांसद राईले विरोध जनाउँदै बैठक बहिष्कार गर्नुभयो । बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू