काठमाडौँको मध्य भागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
▸ यस स्टोरीको अंश: मध्य काठमाडौंमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्य भागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् उपलब्ध गराउने, विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म ११.९२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने यस आयोजनाका लागि आवश्यक अनुमति प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित