जेनजी आन्दोलन प्रतिवेदन: ओली र लेखकसहितलाई कारबाही गर्न मानवअधिकार आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
nepalsamaya.com · 18 घण्टा अघि

राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' का क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाको अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, र तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समेत मानवअधिकार उल्लङ्घनकर्ताको रूपमा औंल्याउँदै आवश्यक कानुन निर्माण गरी कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको छ । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट निस्केको घटना र त्यसमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू