पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो, जसमा उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकाको मद्दतमा ६३ रनको योगदान दिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित