पर्यटनमा बजेट माग्नेको ओइरो : सवाँ अर्बको सिलिङमा ३८ अर्बको डिमाण्ड

यस स्टोरीको अंश: पर्यटन मन्त्रालयलाई सवा अर्बको सिलिङ, ३८ अर्बको बजेट माग
www.capitalnepal.com · 1 दिन अघि

आर्थिक वर्ष २०८३/८४ का लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अर्थ मन्त्रालयले १ अर्ब २७ करोडको सिलिङ दिएको छ, तर देशभरिबाट विभिन्न शीर्षकमा ३८ अर्बभन्दा बढीको बजेट माग भएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार मन्दिर, गुम्बा, पर्यटन मार्गदेखि हिलस्टेशन निर्माणका लागि ३८ अर्बभन्दा बढीको माग आएकोमा मन्त्रालयले काँटछाट गरी ६ अर्बसम्मको माग केन्द्रमा पठाएको छ । ग्रेट हिमालयन ट्रेल, बडिमालिकादेखि पाथीभरा क्षेत्रको पदयात्रा, कल्चर सर्किट निर्माण (लुम्बिनीदेखि मुक्तिनाथसम्म) र सातै प्रदेशमा हिलस्टेशन निर्माणका लागि बजेट माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू