बालेनले ईयूमा आबद्ध देशका राजदूतसँग संवाद गर्दै, सरकारको प्राथमिकता जानकारी गराउने
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले युरोपेली संघ (ईयू)मा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग संयुक्तरुपमा भेटवार्ता गर्ने भएका छन् । बालेनले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ईयूमा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग सामूहिकरुपमा संवाद गर्ने तय भएको छ । संवादका क्रममा सरकारको प्राथमिकताबारे जानकारी गराइनेछ, यस्तै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›