ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः मन्त्री चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छिन्। उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताइन्। सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिंचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको पनि उनले बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित