विद्युतीय सवारीको बढ्दो क्रेजः पेट्रोलियम आयातमा भारी गिरावट, झण्डै एक लाख पुग्यो ई-रिक्सा
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
संघीय संसदमा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात र खपतमा उल्लेख्य कमी आएको छ । विद्युत् उत्पादनमा भएको वृद्धि र वातावरणीय चेतनाका कारण नागरिकहरूको आकर्षण विद्युतीय सवारीतर्फ बढेको सर्वेक्षणले औँल्याएको छ । चालू आर्थिक वर्षको फागुनसम्म पेट्रोलको आयात १० प्रतिशत र डिजेलको आयात ९.९ प्रतिशतले घटेको छ भने एलपी ग्यासको आयातमा ११.१ प्रतिशतले कमी आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›