नीति कार्यक्रम पारित भएको घोषणापछि कोशीमा विपक्षीको विरोध

यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रालयको संख्या ९ मा झार्ने तीन दलबीच सहमति
www.setopati.com · 10 घण्टा अघि

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि मुख्य विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले संशोधनको समय नै नदिइएको भन्दै विरोध गरेका छन् । मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरी पारित भएको घोषणा गरे । लगत्तै विपक्षी सांसदहरूले संशोधनको समय नदिइएको भन्दै असहमति जनाएपछि सभामुख विष्टले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू