सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रति तोला १ हजार ३ सय रुपैयाँले घट्यो, चाँदी कति?
सुनचाँदीको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा ९० रुपैयाँ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको कारोबार मूल्य प्रति तोला ५ हजार ६० रुपैयाँमा आइपुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित