गणतन्त्र दिवसमा पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति पौडेलले के भने ? [भिडियो]

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
hamrakura.com · 1 दिन अघि

१९औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सैनिक मञ्च टुँडिखेलबाट देशवासीलाई सम्बोधन गरेका छन् । उनले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप, राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक नेतृत्वको निष्ठामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाली नागरिकले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू