सीआईबीले ५६ व्यवसायीको शेयर रोक्का गर्न धितोपत्र बोर्डलाई लेख्यो पत्र
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्रसम्बन्धी कसुरमा दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ। ब्युरोले ११ जेठमा पठाएको पत्रमा ती व्यवसायीहरूको लगानी विवरण पठाउन र सम्पत्ति रोक्का राख्न अनुरोध गरिएको छ।