संसद्का दुवै सदनको बैठक बस्दै, आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् भने विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची छ।