Baahrakhari Setopati CanadaNepal प्रशासन हाम्रा कुरा : hamrakura.com  RSS Feed
6 स्रोत · 6 समाचार
सुरु 5 दिन अघि · अपडेट 4 दिन अघि

संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते

Photo · baahrakhari.com

संखुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोले भेडीगोठ पुरिँदा २१८ भेडा बेपत्ता भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए। पहिरोमा परेर भेडा गोठालाका रूपमा काम गर्दै आएका २० वर्षीय झलक गुरुङ घाइते भएका छन्।

  • पहिरोमा पुरिएका ३२ भेडा मात्र जीवित अवस्थामा फेला परेका छन्।
  • अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल छन्।
  • घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीकार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
  • घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र लगभग १० घण्टा पैदल दूरीमा पर्छ।
शेयर ↗
सम्बन्धित

थप विपद र दुर्घटना

सबै हेर्नुहोस्
ट्रेन्डिङ
महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास

नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा 'अभ्यास मनसुन-६' नामक विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमूना अभ्यास गरिएको छ। यस अभ्यासको उद्देश्य विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणका उपायबारे सर्वसाधारणलाई जानकारी गराउनु रहेको छ। अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त प्रदर्शन गरेका थिए।

18 समाचार · 31 मिनेट अघि
पाँचथर र सुर्खेतमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु, बिहारमा डुङ्गा पल्टिँदा तीनको ज्यान गयो पाँचथर र सुर्खेतमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु, बिहारमा डुङ्गा पल्टिँदा तीनको ज्यान गयो

पाँचथर र सुर्खेतमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको ज्यान गएको छ । पाँचथरको फिदिम नगरपालिका–८ मा मोटरसाइकल दुर्घटनामा ३३ वर्षीय दिपेन गुरुङको ज्यान गएको छ । यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिका–२ मा टिपरको ठक्करबाट २३ वर्षीय कमल वलीको मृत्यु भएको छ । बिहारको गङ्गा नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

3 समाचार · 45 मिनेट अघि
सुनसरीको गहनेखोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत फेला सुनसरीको गहनेखोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत फेला

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित गहनेखोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत अवस्थामा फेला परेको छ। बिहीबार स्थानीयले हात्तीको बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

5 समाचार · 59 मिनेट अघि
कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षीय बालक महफुज मुसलमानको मृत्यु भएको छ। दुर्घटनामा टेम्पो चालक शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन् भने अन्य ८ जना सामान्य घाइते भएका छन्। प्रहरीले ठक्कर दिने सशस्त्र प्रहरीको गाडी र चालकलाई नियन्त्रणमा लिएको छैन।

4 समाचार · 1 घण्टा अघि