आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन स्वीकृत
सरकारले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त २१८ आवेदनमध्ये योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको छ। 'विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३' अनुसार सिफारिस समितिले जेठ १३ गतेको निर्णयअनुसार विश्वविद्यालयगत रूपमा योग्य उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको हो। यस प्रक्रियाबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति छनोट गरिनेछ।