मानव अधिकार आयोगले भदौ २३-२४ को घटनामा तत्कालीन उच्च अधिकारीलाई जिम्मेवार ठहर गर्यो
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको प्रदर्शन र त्यसक्रममा भएको बल प्रयोगबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, उच्च सुरक्षा अधिकारी र तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूलाई मानव अधिकार उल्लंघनका लागि जिम्मेवार ठहर गरेको छ। आयोगले सुरक्षा निकायले अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड पालना नगरेको निष्कर्ष निकालेको छ।