सुधन गुरुङकै समूहले हिँसा भड्काएको मानव अधिकार आयोगको निश्कर्ष
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरुङको नेतृत्वमा जेनजी आन्दोलन हिंसात्मक बन्यो
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङ को भूमिका मुख्य रहेको ठहर गरेको छ। आयोगको छानबिन प्रतिवेदनअनुसार गुरुङले भिडको नेतृत्व सम्हालेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गम्भीर झडप सुरु भएको देखिएको उल्लेख गरिएको छ। आयोगले सुधन गुरुङले भिडलाई उत्तेजित बनाएको वा प्रदर्शनलाई हिंसात्मक बनाउन दुरुत्साहन गरेको हो/होइन भन्ने विषयमा थप सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›