नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा
▸ यस स्टोरीको अंश: नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›