अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक
▸ यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्यो
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा सम्पन्न भइरहेको नवौँ नेपाली साहित्य सम्मेलनको भव्य समारोहबीच लेखक डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण (कभर) सार्वजनिक गरिएको छ । नेपाललगायत विश्वका विभिन्न मुलुकबाट सहभागी हुनुभएका विशिष्ट अतिथिहरू, साहित्यानुरागी तथा स्थानीय कोलोराडोवासी सहित करिब २५० जनाको गरिमामय उपस्थितिका बीच सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›