हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
▸ यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई बैंकिङ नियमन र एकीकृत निर्देशनहरूको उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबरालाई सचेत गराउँदै सुधारात्मक कदमका लागि कबुलियतनामा गराइएको छ । बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ‘ब्याक डेट’ देखि लागू हुने गरी छुट प्रदान गरेको र सो रकमलाई बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरेको भेटिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›