एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
prasashan.com · 1 हप्ता अघि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा सम्पन्न भएको छ । बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखेको र बाँकी सदस्यहरूले शनिबार बस्ने बैठकमा विचार प्रस्तुत गर्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए । अर्को बैठक भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा बस्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू