नेपाल औषधि लिमिटेडको क्षमता बढाएर निशुल्क २५ औषधि उत्पादन गर्ने बनाउने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरी २५ प्रकारका औषधि उत्पादन गर्ने, तीन प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरका बनाइने
सरकारले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको उत्पादन तथा सञ्चालन क्षमता विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउँदै सरकारले निशुल्क उपलब्ध गराउने २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने बताएका हुन्। यसैगरी सरकारले चिकित्सा, नर्सिङ तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उच्च शिक्षाको कोटा पनि वृद्धि गर्ने घोषणा गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित