नीर शाहको निर्देशनमा ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शनमा आउँदै
▸ यस स्टोरीको अंश: निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक
अभिनेता नीर शाहले करिब १० वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको यस फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । स्वर्गीय विजय मल्लको नाट्यकृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित भएर निर्माण भएको यस फिल्ममा बासनासहित नीर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित