लक्ष्यअघि नै योजना सम्पन्न गर्ने कम्पनी पुरस्कृत
▸ यस स्टोरीको अंश: हेटौँडामा सरकारी जग्गामा बनेका अनधिकृत संरचना डोजर प्रयोग गरी हटाइयो
म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवसका अवसरमा सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी, जलस्रोत तथा सिँचाइका लक्ष्यअघि नै सम्पन्न भएका तीन वटा योजनाका सञ्चालकलाई सम्मान गरिएको हो । कालीगण्डकी कोरिडोर सडक आयोजनाले चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई सम्मान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›