चार पटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु
▸ यस स्टोरीको अंश: तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमा निर्माणाधीन पुलको कार्यले गति लिएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार हाल धमाधम काम भइरहेको छ । विसं २०७७ चैत २३ गते शिलान्यास भएको पुल तीन वर्षमा सम्पन्न गर्ने म्याद थियो । हालसम्म चार पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८३ असोज ३० गतेसम्म म्याद थप गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›