'ग्रे लिस्ट' मा परेको डेढ वर्षपछि नेपाल आएको एपिजी टोलीले राखेका ४ चासो
▸ यस स्टोरीको अंश: एपिजी टोलीले सम्पत्ति शुद्धीकरणका चार विषयमा चासो राखेको छ
सम्पत्ति शुद्धीकरण निवारणका नियम पालना नगरेको भन्दै नेपाल 'ग्रे लिस्ट' मा परेको करिब डेढ वर्षपछि यस सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी निकायहरूको ध्यान फेरि काठमाडौंतर्फ केन्द्रित भएको छ । कालो धनलाई सेतो बनाउने (सम्पत्ति शुद्धीकरण) अपराध नियन्त्रणमा देखिएको कमजोरीका कारण नेपाल उक्त सूचीमा परेको हो । यसबाट बाहिर निस्कन गत साता नेपाल भ्रमणमा आएको सम्पत्ति शुद्धीकरणविरूद्ध एसिया प्रशान्त क्षेत्रीय समूह (एपिजी) टोलीले मुख्य चारवटा विषयमा चासो राखेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›