गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय
▸ यस स्टोरीको अंश: पूर्वसचिव भीम उपाध्याय गणतन्त्रले नागरिकलाई परिवर्तन महसुस गराउन नसकेको दाबी गर्छन्
नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै नेपाल सरकारका पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । उनले भने, ‘गणतन्त्र संस्थागत अझै भएको छैन । गणतन्त्र आइसकेपछि संविधान बन्यो । संविधानको खासै कार्यान्वयन भएन । दुई–तीनवटा चुनाव भयो तर त्यसले बनाउनुपर्ने कानुन बनाएन् ।’
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित