दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

यस स्टोरीको अंश: दुर्गा प्रसाईं अदालतको आदेशमा साधारण तारेखमा रिहा
www.kathmandupati.com · 2 दिन अघि

पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। प्रहरीले उनलाई जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा मुद्दा दायर भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू