एभरेस्ट ढोका उद्योगमा आगलागी
नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब ३:०० बजे भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीको कारण र क्षति विवरण अझै प्राप्त हुन सकेको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित