इन्धनको मूल्य फेरि उकालो लाग्ने संकेत
▸ यस स्टोरीको अंश: गीता गोपीनाथको चेतावनी: मध्यपूर्व तनावले भारतमा इन्धन मूल्य बढ्ने, १४० डलरसम्म पुग्नसक्ने
मध्यपूर्वमा चुलिँदै गएको भूराजनीतिक तनावका कारण भारतमा पेट्रोल–डिजलको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की पूर्व डेपुटी म्यानेजिङ डाइरेक्टर तथा हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपीनाथले भारतको अर्थतन्त्रलाई असर पार्नसक्ने तीन प्रमुख जोखिम औँल्याउँदै ‘ट्रिपल अलर्ट’ जारी गरेकी हुन् । भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले अमेरिका-ईरान तनाव लम्बिँदै गए ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव भारतजस्ता तेल आयातमा निर्भर मुलुकमा देखिने बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित