सिद्धबाबा सुरूङ मार्गमा असोजभित्रै यातायात सञ्चालनको तयारी
▸ यस स्टोरीको अंश: बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी
निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा आगामी असोजसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिर अगाडिको पहरो हुँदै विद्युतको हेड बक्ससम्म एक हजार १२६ मिटर लामो सुरूङ मार्ग निर्माणको काम भइरहेको छ। पाँ वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म सुरूङ मार्गको ६८ प्रतिशत पुरा गरिसकेको जनाएको छ। वर्षा याममा मात्र होइन हिउँदमा समेत सडक माथिबाट ढुंगासहितको पहिरो झर्ने जोखिम रहेको सिद्धबाबा खण्डको यातायातलाई जतिसक्दो छिटो सुरक्षित गर्ने भन्दै निर्माणको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›