भेप प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

यस स्टोरीको अंश: साइबर ब्युरोद्वारा अमिशा पराजुलीको आरोप खण्डन, आमाले मागिन् माफी
ghatanarabichar.com · 1 हप्ता अघि

नेपाल-चीन उत्तरी कोरलानाका (मुस्ताङ) हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो । यसअघि गत शुक्रबार राति ११ः०० बजे चीनबाट चोरी–पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका विद्युतीय चुरोट (भेप) भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले लोमान्थाङ–४ एक्लेभट्टी भन्ने स्थानमा खानतलासी गरी बरामद गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू