मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।
5 समाचार
·
2 दिन अघि
विद्युतीय चुरोट प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी ल्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चीनबाट चोरी–पैठारी गरी भन्सार छलेर ल्याइएका भेपसहित अन्य सामानको अनुमानित मूल्य १६ करोड ६५ लाख रहेको छ। यसअघि पनि सोही प्रकरणमा दुई कन्टेनर र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
3 समाचार
·
2 दिन अघि
कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडक ठेक्का सम्झौता तोडियो
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कोवाङ-जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ। नौ वर्षदेखि अलपत्र रहेको १७ किलोमिटर सडक निर्माणमा ढिलाइ गरेपछि निर्माण कम्पनी पप्पु-गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता सार्वजनिक खरिद ऐनअनुसार अन्त्य गरिएको हो। योजना प्रमुख तेजस्वी शर्माका अनुसार बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइनेछ।
4 समाचार
·
6 दिन अघि