बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

यस स्टोरीको अंश: मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु
www.setopati.com · 5 दिन अघि

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते योञ्जनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू