पशु ढुवानीमा चरम क्रूरता

यस स्टोरीको अंश: बालबालिकाको आधाभन्दा बढी सुरक्षित पानी र शौचालयको पहुँच बाहिर: सर्वेक्षण
gorkhapatraonline.com · 5 दिन अघि

कर्णाली नदीमाथिको पुल भाँचिँदा १३ वटा खच्चड नदीमा खसाल्नुपर्दा केही मरेको घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको थियो । नेपालका राजमार्गहरूमा अहिले पनि सयौँ ट्रकमा हजारौँ पशुको पीडादायी यात्रा छ । पशु अधिकारकर्मी दुर्गानाथ दाहालका अनुसार बोराभित्र राखेर बोका र खसी ल्याउन थालेको दृश्य पनि देखिन थालेको छ । पशु अधिकारकर्मीको सङ्घर्षपछि बनेका मापदण्ड र निर्देशिका कार्यान्वयनमा आउन नसकेको तथा मुलुकी अपराधसंहिता, २०७४ ले पशुपन्छीमाथि हुने क्रूर व्यवहारलाई अपराध माने पनि त्रासदी र क्रूरता कम हुन सकेको छैन । कानुन कार्यान्वयन गर्ने संयन्त्र, अनुगमन र जनचेतनाको अभाव मुख्य समस्या बनेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू