बझाङमा ७० मेगावाट बिजुली उत्पादन भए पनि ४० प्रतिशत जनता अँध्यारोमै

यस स्टोरीको अंश: सांसद महरले बझाङमा बिजुली उत्पादन भए पनि जनता अँध्यारोमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए
www.dcnepal.com · 2 दिन अघि

नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत् उत्पादन भइरहे पनि स्थानीय जनता अझै पनि अन्धकारमा बस्न बाध्य भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महरले बझाङको विद्युत् आपूर्ति र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई विस्तृत रूपमा जानकारी गराएका हुन्। बझाङबाट ७० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको भए तापनि जिल्लाका ४० प्रतिशतभन्दा बढी नागरिकहरू अझै पनि बिजुलीको पहुँचबाट टाढा रहेको तथ्य उहाँले संसद्‌मा पेस गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू