१० हजार रुपैयाँमा कामदार पठाउन नसकिने
▸ यस स्टोरीको अंश: सरकारको कडाइपछि म्यानपावर व्यवसायीले भारतको बाटो प्रयोग गरी कामदार पठाउन थाले
वैदेशिक रोजगार व्यवसायीले सरकारले लामो समयदेखि कायम राखेको १० हजार रुपैयाँमा नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन नसकिने भन्दै अहिलेको महंगी अनुकुल न्युनतम लागत खर्च तोक्न माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले यस्तो माग गरेका हुन् । उनले हाल कायम रहेको प्रतिव्यक्ति १० हजार रुपैयाँमा नेपाली कामदार संस्थागत रूपमा वैदेशिक रोजगारीमा पठाउन नसक्ने दाबी गर्दै तत्काल यस्तो अव्यवहारिक बाध्यात्मक व्यवस्था हटाउन माग गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›