क्रिकेट विश्वकप लिग-२:अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.drishtinews.com · 1 हप्ता अघि

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) क्रिकेट विश्वकप–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाका कप्तान शाइतेजा मुकामालाले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् । दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् । पहिलो खेलमा नेपाल र अमेरिका दुवैले स्कटल्यान्डसँग डीएलएस पद्धतिका आधारमा दुई रनको हार व्यहोरेका थिए । नेपाल जित निकाल्दै शीर्ष चारको सम्भावनालाई जीवितै राख्न चाहन्छ । हालसम्म २५ खेल खेलेको नेपाल १८ अंकका साथ सातौँ स्थानमा छ । यता, अमेरिका पनि घरेलु टोलीलाई निराश बनाउँदै शीर्ष स्थानमा फर्किने सोचमा छ । २५ खेल खेलेको अमेरिका ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू