राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता : डिजिटल मुद्रा र वित्तीय होल्डिङ कम्पनी समेटिँदै
▸ यस स्टोरीको अंश: सरकारद्वारा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
सरकारले नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ। प्रस्तावित विधेयकले पहिलोपटक ‘डिजिटल करेन्सी’ (डिजिटल मुद्रा) लाई कानुनी परिभाषाभित्र समावेश गरेको छ। यससँगै विप्रेषण कारोबार गर्ने संस्था, भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्था तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई समेत वित्तीय संस्थाको दायराभित्र ल्याइने प्रस्ताव छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित