कच्चा पदार्थ आयातमा भन्सार छुट, तीनसय ६० वस्तुमा लाग्दैआएको अन्तशुल्क खारेज
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ भने औद्योगिक कच्चापदार्थ आयातमा भन्सार छुट तथा तीनसय ६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोक्नुभएको छ । औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम हुने व्यवस्था मिलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित