रूपन्देहीमा भएका तीन अलग–अलग घटनामा चार जनाको मृत्यु
▸ यस स्टोरीको अंश: रूपन्देहीमा सडक दुर्घटना र डुबेर चार जनाको मृत्यु
रूपन्देहीमा मंगलबार भएका तीन अलग–अलग घटनामा चार जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा सडक दुर्घटनामा परी दुई जना र पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल बेलबासमा बसको ठक्करबाट अर्घाखाँचीका युवक अमृत बेल्वासेको मृत्यु भएको छ भने जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जना विद्यार्थीको मृत्यु भएको छ । यसैगरी, सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रंगशालाभित्र मिनी रोलरले च्याप्दा १४ महिने नाबालकको मृत्यु भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित