कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधाई
▸ यस स्टोरीको अंश: एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनले ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरे
प्रधानमन्त्री बालेन्द्र साह बालेनले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्न सफल कामिरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले दुवै जनालाई बधाई दिएका हुन्। शेर्पाले आज बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानी रेकर्ड तोडेका थिए भने ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›