वसन्त ऋतुमा हिमाल आरोहणका लागि १ हजार १८१ ले लिए अनुमति
▸ यस स्टोरीको अंश: वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११८१ विदेशीले लिए अनुमति, पर्यटन विभागद्वारा १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका १ हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›