सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, वैदेशिक सहायता प्राप्तिमा चालु वर्ष गिरावट
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा
नेपाल सरकारको सार्वजनिक ऋण २०८२ फागुनसम्म रु.२८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जसमध्ये आन्तरिक ऋण रु.१३ खर्ब ४८ अर्ब १२ करोड र बाह्य ऋण रु.१५ खर्ब ३० अर्ब १८ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४३.६ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वैदेशिक सहायता प्राप्ति रु.६३ अर्ब १४ करोड मात्र रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले न्यून हो । ऋण सेवा खर्च २०.४ प्रतिशतले बढेर रु.२ खर्ब ४२ अर्ब ८३ करोड पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित